दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *