बझाङमा दुई दिनमा ३ पटक भूकम्प
बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ ।बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
Facebook Comment