निजामती विधेयकको उत्पति नै ठिक ढंगले भएन : सांसद केसी
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले निजामती विधेयकको उत्पतिमै प्रश्न उठाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विधेयकको मस्यौदा कमजोर भएको टिप्पणी गरे ।
‘यो विधेयक एकदमै कमजोर मस्यौदाको रुपमा आएको छ,’ सांसद केसीले भने, ‘यो विधेयकको उत्पति नै ठिक ढंगले भएन ।’विधेयकलाई वृहत् छलफल गरेर पुनर्लेखनकै तहमा परिमार्जन हुनुपर्ने उनको भनाइ छ । यसका लागि राजनीतिक सहमति पनि खोज्नुपर्ने राय उनले बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।
‘यो विधेयकमा राष्ट्रिय सहमति खोजौं । आ–आफ्ना कुरा मात्रै राख्दै गए वर्षौं लाग्छ,’ उनले भने ।
Facebook Comment