तस्बिर प्रकरण: सडकमा सुके समर्थक, ‘कोर टीम’लाई क्राइममा उक्साउँदै रवि लामिछाने
अचानक सामाजिक संजालमा एउटा संकास्पद तस्बिर फैलियो । उक्त तस्बिर रवि लामिछानेको ‘पर्सनल कोर टीम’बाट सामाजिक संजालमा पोस्ट भएको हो । तस्बिरमा एक व्यक्ति आरामदायिक कक्षमा विश्राम गरिरहेको देख्न सकिन्छ ।
सोही तस्बिरलाई बुधबार राति युवराज कंडेलले फेसबुकमा पोस्ट गर्दै लेख्छन्- ‘कोही जागोस् नजागोस मेरो दाइको लागि यो ज्यान मर्न तयार छ ।’
यसअघि रवि लामिछानेकै अर्का सहयोगी दिपक बोहराले नै उक्त तस्बिरलाई सामाजिक संजालमा पोस्ट गरेका थिए । उनको पोस्टपछि संकास्पद तस्बिर सामाजिक संजालमा भाइरल भयो ।
संकास्पद तस्बिरलाई अचानक सामाजिक संजालमा किन फैलाइयो त ? यसको कारण हो- रवि लामिछानेका समर्थक उनको पक्षमा उभिन छाड्नु ।
पछिल्लो समय रवि लामिछानेको मुद्दाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक संकट चुलिएको छ । मुख्यत: सडकमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्र दुईलाइन संघर्ष चर्किएको हो ।
सहकारी ठगी प्रकरणमा लामिछाने २०८१ कात्तिक २ गते पक्राउ गरेका थिए । अनुसन्धानका क्रममा लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको विषयसमेत आकर्षित भयो।
सुरुसुरुमा रवि लामिछानेको पक्षमा उनका समर्थक सडकमा उत्रिएका थिए । रास्वपाका एक नेता खबरहब मिडियासँग भनेका छन्,‘रविजीलाई आफू पक्राउ परेपछि तत्कालै ठूलो सडक आन्दोलन उठ्छ भन्ने लागेको थियो । हामीलाई पनि त्यस्तै लागेको थियो । तर, स्वतस्फूर्त आन्दोलन उठेन ।’
अर्कोतर्फ रवि लामिछानेको ‘पर्सनल कोर टीम’ले आन्दोलन उक्साउन अनेक तिगड्म गरिह्यो । यही कारण चितवन लगायतका केही स्थामा रास्वपाको एउटा पंक्ति हिंश्रक बन्न पुग्यो । यसको एउटा उदाहरण हो, रिपोर्टिङमा गएका पत्रकार सन्तोष देउजामाथिको हिंश्रक हमला ।
रास्वपा कार्यकर्ताको हमलाबाट जोगिएर निस्किएका देउजा लेख्छन्- ‘हत्या नै गर्ने नियतले म माथि आक्रमणको योजना बनाएका रास्वपा कार्यकर्तालाई धन्यवाद।
यही सन्दर्भमा रास्वपाका एक नेताले खबरहब डटकमलाई गम्भीर जानकारी दिएका छन् । ती नेताले भनेका छन्- ‘अहिले पार्टीभित्र स्थिति यस्तो भइसक्यो कि फिल्डमा जाँदा नेताहरुले आफ्नै कार्यकर्ताको पिटाइ खालान् कि जस्तो भयो । अस्ति पोखराको आन्दोलन रोक्न गएका नेतालाई आफ्नै कार्यकर्ताले टेरेनन् ।’
सडकमा समर्थक सुकेपछि रवि लामिछानेको ‘पर्सनल टीम’ नेपालमा बंगलादेशमा जस्तो हिंश्रक आन्दोलन निम्त्याउन चहान्छ । सोही योजनाको फलस्वरुप अहिले एउटा संकास्पद तस्बिर सामाजिक संजालमा फैलाइएको छ । सोही तस्बिरसँगै रवि लामिछानेका पर्सनल कोर टीमका सदस्य युवराज कंडेलले सामाजिक संजालमार्फत् समर्थक उक्साउन ‘मेरो दाइको लागि यो ज्यान मर्न तयार छ’ भन्ने सन्देश फैलाएका छन् ।
यसअघि युवराज कंडेललाई मिडियाको आवरणमा भ्रामक सामग्री उत्पादन गरेको भन्दै सर्वोच्च अदालतले जेल सजाय दिइसकेको छ । २०८१ असोजमा सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले फेक अडियो बनाउने वराज कँडेल लगायत राजकुमार तिमल्सिना नवीन ढुंगानालाई कैद सजाय सुनाएको थियो ।
पछिल्लो समय सोही समूहले संकास्पद तस्बिरलाई सामाजिक संजालमा फैलाएको छ र समर्थकलाई क्रइममा उक्साउने गतिविधि गरिरहेको छ ।
Facebook Comment