परराष्ट्र मन्त्री राणा दिल्लीमा

परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन्। जर्मनीको भ्रमण सकेर उनी दिल्ली गएकी हुन्। नयाँ दिल्लीमा उनलाई नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्। मन्त्री राणा आगामी शुक्रबार दिल्लीमा आयोजना हुने इन्डो(नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुने कार्यक्रम छ। साथै, उनले पुस ६ गते स्वास्थ्य परीक्षणका लागि फलोअप गर्ने योजना पनि बनाएकी छन्। दिल्ली भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेश मन्त्री एस। जयशंकरसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *