विवेक पंगेनीको अन्तिम बिदाई न्यूयोर्कमा

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाहसंस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो।नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्डआइएनसिमा उनको दाहसंस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। १२ः४५ मा फ्रेस पोन्डक्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। केही बर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पिएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी आफ्ना ब्रेन क्यान्सरको शल्यक्रिया गरिसकेपछि थप उपचारका लागि विगत ५ महिनादेखि न्यूयोर्कमा रहि आएका थिए।

उनको ब्रेन क्यान्सरको चौथो स्टेज भएकोले बचाउन सक्दो प्रयास गर्दा पनि अन्ततः प्राणघातक रोग क्यान्सरको कारण डिसेम्बर १७ तारिख न्यूयोर्कमा निधन भएको हो। उनलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै प्रयास गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणबारे विश्वभरनै प्रशंसा भइरहेको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *