दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलामा पाकिस्तानको ‘ह्वाइट वास’

घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले ‘ह्वाइट वास’ गरेको छ । आइतबार राति जोहानेसबर्गमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पाकिस्तानले डकवर्थ लेविस पद्धति (डीएलएस)अनुसार ३६ रनले जितेसँगै घरेलु टिमविरुद्धको शृंखलामा ३–० ले विजयी भएको हो । खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर ३०८ रन बनाएको थियो । ३०९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले ४२ ओभरमा सबै विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो । त्योसँगै पाकिस्तान डीएलएसअनुसार ३६ रनले विजयी भएको हो ।यी दुई टिमबीच यसअघि भएको पहिलो र दोस्रो खेलमा पनि पाकिस्तानले क्रमशः तीन विकेट र ८१ रनको जित निकालेको थियो । एकदिवसीय शृंखलाअघिको ट्वान्टी–२० शृंखला पनि पाकिस्तानले २–० ले जितेको थियो ।यी दुई टिमबीच अब दुई खेलको टेस्ट शृंखला हुनेछ । उक्त शृंखला यही डिसेम्बर २६ देखि सुरु हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *