आजदेखि चितवनमा मह उत्सव
महको बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले बिहीबारदेखि चितवनमा मह उत्सव आयोजना गर्दैछ। परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ जाने सबैलाई मह चखाइने छ। मह उत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ’ र ‘लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो। नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो । चितवनमा गत वर्ष ८०० मेट्रिक टन मह उत्पादन भएको थियो।
Facebook Comment