पशु अधिकारकर्मीको विरोधले रोकियो हात्ती पोलो

सौराहामा विहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदैछ।१८ औं संस्करणको महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरिँदैछ।उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नेछन्।क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ।पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया हुने संयोजक रामकुमार अर्यालले बताए।सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी गराइनेछ। हात्तीलाई मर्का पर्ने गरी महोत्सवमा सहभागी गराउन खोजिएको भन्दै पशु अधिकारका लागि सक्रिय संस्था तथा व्यक्तिहरूले विरोध गर्दै आएका छन्।यसपालिको महोत्सवमा हात्ती पोलो पनि आयोजना गरिने भनिएकोमा विरोधपछि आयोजकले हात्ती पोलोको कार्यक्रम स्थगित गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *