स्टार्टअप कर्जाका लागि परेका पाँच हजार प्रस्तावमध्ये प्रारम्भिक छनौट हुँदै

 

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि पेस भएका परियोजना प्रस्तावहरूको छनौट गरिरहेको बताएको छ । गत आर्थिक वर्षदेखि सरकारले स्टार्टअप उद्यम कर्जा दिन थालेको थियो ।चालु आर्थिक वर्ष २०८१÷०८२ मा सरकारले स्टार्टअप उद्यम कर्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यसका लागि गत भदौ ११ देखि ३१ गतेसम्म परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि पाँच हजार १५८ प्रस्ताव परेको बताएको छ ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार ती प्रस्तावको विश्लेषण गरी प्रारम्भिक छनौटमा पर्नेको सूची तयार पार्ने काम भइरहेको बताएको छ । उद्योग मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कार्यविधिअनुसार छनौटमा पर्ने कम्पनी तथा फर्मले कर्जा पाउने बताएको छ । उक्त सूची मन्त्रालय र प्रतिष्ठानको वेबसाइटमा प्रकाशित हुने मन्त्रालयले जनाएको छ ।तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म मिल्ने यो कर्जा पाँच वर्षभित्र तिरिसक्नुपर्छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *