परराष्ट्र मन्त्री राणाल द्वारा ५ अर्ब लगानीमा बन्ने जालपादेवी केबलकार शिलान्यास

 

कैलालीमा जालपादेवी केबलकार निर्माण गरिने भएको छ।परराष्ट्र मन्त्री आरजु राणा देउवाले शनिबार आयोजित कार्यक्रममा जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन् । चिसापानीमा केबलकारको शिलान्यास गरिएको हो। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३.१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो। सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका लागि पूर्वाधार बन्न लागेको भन्दै परराष्ट्र मन्त्री राणाले खुसी व्यक्त गरेकी छन्। आइएमई ग्रुपले बनाउने यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ। करिब पाँच अर्ब रुपैयाँको लगानीमा यो केबलकार निर्माण गर्न लागिएको हो।

जालपादेवी केबलकारका अध्यक्ष चन्द्र ढकालले पर्यटक बढाउनका लागि पर्यटन क्षेत्र तथा पूर्वाधारमा लगानी वृद्धि गरिनुपर्ने बताएका थिए। कार्यक्रममा वन मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपस्थित थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *