माइतीघरका भित्तामा भैरव
काठमाडौं महानगरपालिका पछिल्लो पटक सार्वजनिक भित्ताहरूमा चित्र कोरिरहेको छ ।
अहिले बबरमहलबाट माइतीघरतर्फ जाने सडकको सार्वजनिक भित्तामा भैरवको चित्र बनिरहेको छ । माइतीघर भित्तामा भैरवसँगै काष्ठमण्डपको चित्र पनि बनिरहेको छ । महानगरले मौलिक तथा प्राचीन महत्त्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने भन्दै धमाधम चित्र कोरिरहेको हो । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्रलेखन भइरहेको महानगरले जनाएको छ ।
महानगरले प्रतिष्ठानसँग १७ फागुन २०८० मा चित्रकलाका लागि सम्झौता गरेको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनीमार्गका भित्तामा चित्र बनिसकेका छन् ।चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरले अनुरोध गरेको छ ।महानगरले इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्व; कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, भेषभुषा, खानपान विम्बित गर्छन् । जसलाई हरेक नेपालीले आत्मबोध गर्न चित्रले भूमिका खेल्ने दाबी गरिन्छ ।
Facebook Comment