रौतहटको दलित बस्तीमा आगलागी

 

रौतहटको राजदेवी नगरपालिका –५ पतहीटोलस्थित दलित बस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । पतहीटोलका स्थानीय जगरनाथ पासवानको खरले छाएको फुसको घरमा बालेको घुरबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष सुरेश पण्डितका अनुसार अन्नपात, कपडा, कागजपत्र, बिछ्यौनासहित ४ वटा बाख्रा गरेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएपछि गौरबाट गएको बारुण यन्त्र, प्रहरी र गाउँलेले आगो नियन्त्रणमा लिएका थिए । नगरपालिकाबाट आगलागीपीडितका प्रत्येक परिवारलाई २÷२ वटा कम्बल, त्रिपाल र बिछ्यौनालगायत खाद्यान्न सामाग्री उपलब्ध गराइएको उनले बताए । उनका अनुसार प्रदेश सभा सदस्य नागेन्द्र साहले ग्यास, चुल्हो र खाद्यान्न सहयोग उपलब्ध गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *