रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन्।नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने बताएका हुन्।’रगत निःशुल्क हुनुपर्छ। अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ,’ पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने। थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्तसमेत गरे।
Facebook Comment