अब सबै जिल्लामा राष्ट्रिय भूमि आयोग, अन्तिम चरणको काम गर्दै मन्त्रालय
यही महिनाभित्रै सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने भएको छ । जिल्ला भूमि आयोग गठनका लागि अन्तिम चरणको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको हो ।
बुधबार भूमि मन्त्री बलराम अधिकारीले संसदीय समितिमा बोल्दै पुसभित्र सबै जिल्लामा आयोग गठन सकेर माघदेखि काम नै सुरु गरिने जानकारी दिनुभएको हो ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा गुठी विधेयकबारे छलफलमा मन्त्री अधिकारी सहभागी हुनुभएको थियो । छलफलमा उहाँले आफूले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाइएको प्रष्ट पार्नुभयो ।


Facebook Comment