आज एकैदिन तोलामा २ हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो ।

बिहीबार १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रूपैयाँ रहेको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *