एमालेले केन्द्रीय सदस्यहरूलाई बोल्न दिने, ३ मिनेटमै सक्नुपर्ने

नेकपा (एमाले) ले केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने भएको छ।

च्यासलमा आइतबार सुरू केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।यी प्रतिवेदन तथा समसामयिक राजनीतिक विषयबस्तुमाथि केन्द्रीय सदस्यहरूबाट धारणा र सुझाव लिने एमालेको तयारी छ।आइतबार अपराह्न ३ बजेदेखि ५ बजेसम्म केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई ३ मिनेटका दरले समय दिएर धारणा सुन्ने तयारी छ।

एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्म चल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *