ललितले सात विकेट लिएपछि आर्मी १२१ रनमा अलआउट
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए । पुलिसका ललित एक्लैले सात विकेट लिए । कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन् ।
ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।
Facebook Comment