भारतमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

 

भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ ।

राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ ।

दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *