भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’
काठमाडौं । भारतको कर्नाटकमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ ।त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।”
चीनमा कोरोनाजस्तै एचएमपीभी ; कति घातक, के हो तथ्य ?
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा उक्त संक्रमण देखिएको छ । उपचारपछि उनी अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् ।
आठ महिनाका एक बालक पनि एचएमपीभीबाट संक्रमित छन् । बेंगलुरुको एक अस्पतालमा उनको उपचार भइरहेको छ । बालकको अवस्था स्थिर छ । उनलाई निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ ।
पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
Facebook Comment