बैठकस्थलमै गरियो स्वागत, नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङ एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।
च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा भित्रिएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई स्वागत गरे । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए । बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् ।
स्थायी र पोलिटब्युरोका ५२ जनाले बोल्न बाँकी छ ।
Facebook Comment