अब एमालेको युवा विद्यार्थी विशेष कमिटी आफ्नै कार्यालयमा
काठमाडौं । नेकपा एमालेको गैर भौगोलिक कमिटी ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय खोलिएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले कार्यालयको उद्घाटन गरेकी हुन् । काठमाडौं –१० बुद्धनगरस्थित बागमती करिडोरमा कार्यालय राखिएको छ ।
शाक्यले कमिटीले कार्यालय राखेर सांगठानिक काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको बताइन् । शंकर पोखरेल संस्थापक सचिव रहेको यो कमिटी २०४८ सालदेखि निरन्तर क्रियाशील रहेको अध्यक्ष सुदर्शन शिवाकोटीले बताए ।प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार स्थापनाकालदेखि २०७५ सम्म विद्यार्थी विशेष जिल्ला कमिटीको नाममा परिचित थियो । २०७५ मा एमाले–माओवादीको एकता पश्चात् ‘युवा’ थपेर ‘युवा विद्यार्थी विशेष’ नामकरण गरिएको उनले सुनाए ।
कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली, सचिव मिलन धरेललगायत उपस्थित थिए ।
Facebook Comment