दाङमा चरेससहित ३ जना पक्राउ

२५ पुस, दाङ । प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका–२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् । उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

दाङ घोराही उप–महानगरपालिका वडा नं.१३ सिर्जनशील टोलस्थित उनीहरुको डेराबाट चरेस बरामद गरिएको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा पिछा गर्दै जाँदा बुधबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *