आज नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
पुष २५, २०८१ काठमाडौँः साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १८.१४ अंकले घट्दै २६ सय ३५.०९ को विन्दुमा झरेर बन्द भएको हो ।आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय ८ कम्पनीका १ करोड ५७ लाख २३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३० करोड ५३ लाख नाघेको छ ।आज १ सय ८० कम्पनीको सेयरमुल्य घट्दा ५५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।
आज उकालो लागेकामध्ये दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Facebook Comment