मदुरोलाई मार्न आएका अमेरिकी तथा युक्रेनी भाडाका सैनिक पक्राउ परेको भेनेजुएलाको दाबी
काठमाडौं । भेनेजुएला सरकारले राष्ट्रपति निकोलस मदुरोलाई हत्या गर्ने उद्देस्यले देशमा आएका अमेरिकी तथा युक्रेनी भाडाका सैनिकहरुलाई पक्राउ गरेको दाबी गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यस्तो आरोपमा सात जना पक्राउ परेका छन् । मंगलबार राष्ट्रपति मदुरोले पक्राउ पर्नेहरुमा दुई जना कोलम्बियाका ‘हिटम्यान’ भएको तथा अरु तीन जना युक्रेनबाट आएको बताएका छन् ।
मदुरोले अहिलेसम्म विश्वका २५ देशका १२५ भाडााका सैनिकहरु पक्राउ परिसकेको बताएका छन् । भेनेजुएलामा राजनीतिक संकट चुलिएसँगै यस्तो खबर आएको हो । सोमबार बिपक्षी दलका नेता एदमुन्दो गोन्जालेजले आफूलाई सेनाको परमाधिपति बनाउन माग गरेका थिए । गत सेप्टेम्बरमा भेनेजुएलाबाट शरण लिएर युक्रेन पुगेका गोन्जालोलाई अमेरिकाले राष्ट्रपतिमा निर्वाचित भएको नेता भन्दै मान्यता दिँदै आएको छ ।
उसो त यस अगाडि पनि अमेरिकाले खुआन गुइदोलाई राष्ट्रपतिको मान्यता दिएको थियो । तर, उनले पनि सत्ता लिन सकेनन् । हाल उनी अमेरिकामै छन् ।
Facebook Comment