हेटौँडामा एक क्वीन्टल गाँजासहित एकजना पक्राउ

१०१ केजी गाँजासहित मकवानपुरको हेटौंडाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा–१५ मा रहेको रातमाटे प्रहरी चेक चितवनतर्फबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार चालक वीरगञ्ज महानगरपालिका–२६ का राजन रारुतलाई पक्राउ गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *