गजबको केमेस्ट्री फिल्म  ‘नरसिंहा अवतार’ को जोडी राज कटुवाल र सनिशा भट्टराई

फिल्म ‘नरसिंहा अवतार’ नेपाली नयाँवर्ष २०८२ को छेकोमा प्रदर्शन हुँदैछ । चैत २९ गते प्रदर्शन तयारीमा रहेको फिल्म कलाकारको लाइनअपले दर्शकमाझ प्रतीक्षित पनि छ ।३३ वर्षपछि राजेश हमाल र सरोज खनालले स्क्रिन सेयर गर्दैछन् ।

दीवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा पाकोदेखि कान्छो पुस्ताका कलाकारले अभिनय गरेका छन् । हमालको ८ वर्षपछिको पुनरागमन फिल्म समेत हो । फिल्ममा राज कटुवाल र सनिशा भट्टराईको समेत प्रमुख भूमिका छ । ‘१२ गाउँ’बाट चर्चामा आएकी सनिशाको करिअरमा ‘नरसिंहा अवतार’को खास अर्थ हुनसक्छ । आफ्नो अभिनय र लुक्सले चर्चा बटुलेका राजले पनि यसमा शीर्ष भूमिकामा काम गरेका छन्, दर्शकका लागि उनको अभिनय ट्रिटमेन्ट हुनसक्छ ।

‘नरसिंहा अवतार’का लागि राज र सनिशाले आकर्षक फोटोसुट गरेका छन् । यो फोटोसुटमा यी दुईको केमेस्ट्री गजबको देखिन्छ । सेतो गाउनमा सजिएकी सनिशा र कालो सुट पहिरिएका राजको यो रोयल लुक्सले दर्शकलाई आकर्षित गर्ने पक्का छ । फोटोभित्रको यो केमेस्ट्री फिल्मभित्र पनि प्रतिविम्वित हुने दर्शकीय अपेक्षा छ ।

तस्वीरःश्रीधर पौडेल




Leave a Reply

Your email address will not be published. Required fields are marked *