क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेका छन् । क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो ।


Facebook Comment