सुदूरपश्चिममा केही ठाउँमा हिमपात हुने
आज पनि देशभर मौसममा आंशिक बदली भएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ। अन्य भू–भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।


Facebook Comment