रवि लामिछाने जोडिएको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहने

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस आज पनि जारी रहनेछ।

सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो। मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ। सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेर सकिएपछि जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए। आज जाहेरवालाका तर्फबाट बहस गर्ने अन्य वकिल नआए लामिछानेका तर्फबाट बहस हुनेछ। लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन्।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *