आज विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाइँदैछ।यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो।

सहरी विकास तथा भवन निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए।विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो।विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो। असी हजार घर ध्वस्त भएका थिए। ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो।

यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *