प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

 

सरुमारानी गाउँपालिका–२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *