बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *