भीम रावलको पार्टी नाम मातृभूमि जागरण अभियान, नेपाल

नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफ्नो पार्टीको नाम टुंग्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेको रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहने भएको छ । सार्वजनिक भएको अवधारणापत्रअनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गरिने छ ।जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

आफूले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् एमालले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेपछि नयाँ दल गठन प्रक्रिया अघि बढाएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *