पश्चिमी वायुको आंशिक प्रभाव, देशभर मौसम सफा रहने
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।कोशी, बागमती र मधेश लगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही भू–भागमा हुस्सु÷कुहिरो हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु÷कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।
Facebook Comment