दाहालको चेतावनी– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए सडकमै उत्रिन्छौं

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेकाले प्रधानमन्त्री केपी कर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले भने, “संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।”

विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै अध्यक्ष दाहालले सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न सक्ने चेतावनी समेत दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *