घरमै पराजित भयो म्यान्चेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड घरमै पराजित भएको छ । इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमा भएको खेलमा ब्राइटनसँग ३–१ ले पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा ब्राइटनलाई जित दिलाउन यान्कुबा मिन्तेह, काउरु मितोमा र जर्जिनियो रुटरले गोल गरे । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले गोल फर्काए ।खेलको पाँचौँ मिनेटमा मिन्तेहको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । २३औँ मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत युनाइटेडका लागि बराबरी गोल फर्काए । मातोमाले ६०औँ मिनेटमा गोल गर्दा ब्राइटन २–१ ले अगाडि बढ्यो । ७६औँ मिनेटमा रुटले गोल गर्दै ब्राइटनलाई सहज जित दिलाए ।

जितसँगै २२ खेलमा ३४ अंक जोडेको ब्राइटन नवौँ स्थानमा छ । पराजित युनाइटेड समान खेलबाट २६ अंकका साथ १३औँ स्थानमा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *