ट्रम्पको आश्वासनपछि अमेरिकामा चल्न थाल्यो टिकटक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन्। योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ।अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन्। ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ।

आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो। उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो। अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो। योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो।

सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *