अछाममा हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलको मातृभूमि जागरण अभियानमा एमाले अछामका एक हजार ८६ नेता कार्यकर्ताले साथ दिने भएका छन् ।

रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् ।त्यसैगरी प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् ।अनेम संघ कार्यवाहक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ र जिल्लाका संगठित सदस्यहरू ६३७ जना रावलको समर्थनमा उभिएका छन् ।

एमालेबाहेक अन्य पार्टीबाट ५ जनासहित एक हजार ८६ जना रावललाई समर्थन गर्न पुगेका छन् । रावललाई नेकपा एमालेले गत पुस १० गते पार्टीको सदस्यता समेत नरहनेगरी निष्कासनको घोषणा गरेको थियो ।

472921639_2951340615023274_2764373544734346014_n




Leave a Reply

Your email address will not be published. Required fields are marked *