यू–१९ महिला विश्वकप: अस्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

मलेसियामा जारी प्रतियोगितामा अस्ट्रेलियाले टस जित्दै नेपाललाई बलिङको निम्तो दिएको हो। समूहचरणअन्तर्गत नेपालको यो अन्तिम खेल हो। यसअघि दुई खेल हारेको नेपालले आज अस्ट्रेलियालाई जित्न सके सुपर ६ मा पुग्नेछ। नेपालले आज एक परिवर्तन गरेको छ। किरण कुँवरलाई बाहिर राख्दै उनको ठाउँमा तिर्सना विश्वकर्मालाई प्लेइङ ११ मा राखेको छ। नेपाल यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको छ।

आज बंगलादेशले स्कटल्याण्डलाई हराएसँगै अब नेपालले सुपर सिक्सका लागि अस्ट्रेलियालाई पराजित गर्नुपर्नेछ। यद्दपि पराजित भएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *