भन्सार छलेको सुन, ल्यापटप र मोबाइलसहित एक जना पक्राउ

अवैध रूपमा संकलन गरी लैजान लागेको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप १ थान र मोबाइल २ थान सहित रामेछाप सुनापाती गाउँपालिका–३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *