महिला यात्रुलाई दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

महिला यात्रुलाई दुव्र्यवहार गरेको आरोपमा राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभका राइडर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ घर भएका २५ वर्षीय प्रविण बराल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले थानकोटबाट उनलाई पक्राउ गरेको हो ।

यो घटना सामाजिक सञ्जाल टिकटकमा एन्जिला खनाल नामकी प्रयोगकर्ताले सार्वजनिक गरेपछि चर्चामा आएको थियो । खनालले चितवनबाट काठमाडौं फर्किने क्रममा इन्ड्राइभ बुक गर्दा राइडरले अनुचित प्रस्ताव राख्दै दुव्र्यवहार गरेको खुलासा गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा पक्राउ परेका बरालमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि इन्ड्राइभले राइडरलाई तत्कालै सस्पेन्ड गरेको छ । साथै, कम्पनीले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने र यात्रुको सुरक्षाका लागि नयाँ फिचर लागू गर्ने जनाएको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *