ऐन महरलाई ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको परमादेश

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो ।

आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो । प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला उच्च अदालत गएकी थिइन् ।बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको सोही मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले  जानकारी दिए । ‘तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने आदेश भएको हो,’ उनले भने ।

सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।उनी एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *