सार्वजनिक कार्यक्रममा सहभागी हुन थाले ओली, आजै तीन कार्यक्रम

केही दिनअघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदै छन् । आजका लागि प्रधानमन्त्री ओलीका तीन वटा कार्यक्रम तय भएका छन् ।प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङमार्ग छिचोल्ने र पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे खण्ड स्तरोन्नतीको शिलान्यास गर्न माघ ११ गते प्रधानमन्त्री ओली जाने भनिए पनि अस्वस्थताका कारण गएका थिएनन् ।

यी दुवै कार्यक्रममा उनी भर्चुअल रुपमा मात्र सहभागी भएका थिए ।चिकित्सकले उनलाई धेरै दौडधुप नगर्न र आराम गर्न सल्लाह दिएका छन् । तर ललितपुर र भक्तपुरका कार्यक्रम नजिक भएकाले मात्र उनी सहभागी हुन लागेको स्रोतले बतायो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *