प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली लागू भयो भने अमेरिकाबाट नेपालीको भागाभाग हुन्छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मेरै धारणा फरक छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?,’ उनको प्रश्न छ ।

साथै, उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गरे ।‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन बहस गर्नुपर्ने उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *