कोरम नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित
पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधबारका लागि डाकिएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
आजको बैठकमा ऊर्जामन्त्री दीपक खड्कालगायत व्यक्तिसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो । तर, २५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
अब अर्को बैठकको मिति तोकिएको छैन । उपयुक्त समयम बैठक बोलाइने सभापति सिंहले बताए ।
Facebook Comment