ट्रम्पको पहिलो कार्यकालमा ‘चेन अफ कमान्ड’ नमान्ने पूर्वप्रधानसेनापतिको सुरक्षा खोसिँदै, हटाइयो तस्बिर

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको समयमा ‘चेन अफ कमान्ड’ नमानेको तथा राष्ट्रपतिलाई असहयोग गरेको भन्दै अवकाशप्राप्त जर्नेल मार्क मिलेको सुरक्षा खोस्ने भएको छ । ट्रम्प प्रशासनका सुरक्षा सचिवले मिलेको सुरक्षा खोसिने तथा उनको एक तारा घटुवा गर्ने तयारी भएको ट्रम्प पक्षधर मानिने अमेरिकी मिडिया फक्सन्युजले उल्लेख गरेको छ ।

फक्सन्युजका अनुसार पेन्टागनले मिलेको तस्बिर पनि हटाउने निर्णय गरेको छ । यस अगाडि पेन्टागनको मिलेको पहिलो तस्बिर ट्रम्पको शपथग्रहणकै दिन हटाइएको थियो । उनको अर्को तस्बिर आर्मी मार्सलको करिडोरमा भएको तस्बिर हटाइने भएको छ ।अमेरिकाको वाटरगेट स्क्यान्डल सार्वजनिक गरेका पत्रकार बोब वुडल्यान्डले आफ्ना पुस्तक ‘वार’मा पूर्वप्रधानसेनापति मिलेले ट्रम्पलाई फाँसीवादी भनेको, उनको मानसिक अवस्था ठीकठाक भएको वा नभएको टुंगो नभएको बताएका छन् । उनकै अर्को पुस्तक ‘पेरिल’मा बोबले मिलेले चिनियाँ समकक्षीलाई प्रधानसेनापति हुँदा ट्रम्पको जानकारीविना चीनलाई आक्रमण गर्ने कुनै अमेरिकी सेनाको योजना नभएको जानकारी दिएको उल्लेख गरेका छन् ।

यस्तो गर्नुलाई चेन अफ कमान्ड मिचेको अर्थमा रिपब्लिकनहरुले आक्रोश पोख्दै आएका छन् ।अमेरिकाको संविधानअनुसार सेनाको परमाधिपति राष्ट्रपति हुन्छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *