शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।

सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् ।उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने पनि बताइन् ।‘शहीदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ ।

त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *