आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्।

काठमाडौंमा बिहीबार नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै प्रधानमन्त्रीले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए।‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको, हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको पनि बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *