काठमाडौंको बाइपास नजिक प्राइम बैंकको पार्किङमा एक युवक मृत भेटिए

काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्।

गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५÷२६ वर्षका युवक मृत भेटिएको प्रहरिले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए। हालसम्म मृतकको सनाखत भएको छैन। यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने बताइएको छ।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी बोहराले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *